सालको काठको गोलीया ट्याक्टरमा लोड गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा चन्दिका महतो पक्राउ ।

बिरगंज , माघ ०६ गते मंगलवार ।

जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१२ बस्ने बर्ष ३७ को चन्द्रिका महतोले जंगल फडानी गरी खुल्ला सिमानाको फाईदा उठाई पर्सा जिल्लाको वडा एरियामा लिई जाने भनि काठको गुलिया ट्याक्टरमा राखी भारत तर्फ जादै छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले ना.७ त ४६३६ नं.को ट्रयाक्टरमा काठको गोलीया लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीले उक्त ट्याक्टर चेक जाँच गर्दा ट्याक्टरको टेलरमा रहेको काठ सम्बन्धि कागजातहरु माग गर्दा पेश गर्न नसकेको ले उक्त नं.को ट्रयाक्टर सहित सालको ठुलो गुलिया -४ थान र सानो गुलिया -२ थान काठ बरामद गरी निज चन्द्रिका महतोलाई पक्राउ गरी प्रहरी कार्यालयमा दाखिला हुन आएको ट्याक्टर, काठ र निज चन्द्रिका महतोलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगंज, पर्सा पठाईएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close