आफ्नै श्रीमतीको हत्या गर्ने असरफ मिया पक्राउ ।

बिरगंज , माघ २१ गते बुधबार ।

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेको छ ।भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.११ स्थित मोहन सापकोटाको घरमा डेरा गरी बस्ने वर्ष ३६ को असरफ मियाँले आफ्नो श्रीमती जिल्ला बारा जितपुर सिमरा घर भएकी बर्ष २३ की मनु थापा क्षेत्री भन्ने युनिका थापाको मृत लाश आफ्नै डेरा कोठामा घाँटी कसी मारेको जस्तो, घाँटी वरीपरी डाम देखिएको शंकित अवस्थामा बेडमा सुताईरहेको फेला परेको र निजहरु दुवै जना लागु औसधको दुर्व्यसनी रहेको भन्ने बुझिएको र निज असरफ मियाँलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close