भन्सार छली गरि ल्याईएको २२ थान मोबाइल बरामद ।

काठमाडौं , माघ २३ गते शुक्रबार ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले बुधबार बिहानको ०९:५० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरि न.पा.वडा न.२ नागढुंगा स्थित चेक प्वाइन्टबाट भन्सार छली गरि ल्याएको मोबाईल बरामद गरेको छ ।

नेपालगंजबाट काठमाण्डौतर्फ आएको ना.५ ख ७६९९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसको पछाडिको डिकिमा दुई वटा कार्टुन बाकसमा लुकाई छिपाई ल्याएको अवस्थामा One plus कम्पनिको मोबाईल ५ थान र Coolpad कम्पनिको मोबाईल १७ थान फेला पारी वरामद गरेको हो ।
बरामद मोबाईलहरु आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय, सानो गौचर, काठमाण्डौ पठाईएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close