प्रदेश स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न ।

बिरगंज , माघ २५ गते आइतबार ।

प्रदेश स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र आन्तरिक पर्यटन पुररुथ्थान समिति प्रदेश न.२ को सहकार्यमा प्रदेश २ स्तरिय परिचयात्मक कार्यक्रम बिरगंजको होटेल भिस्वामा सम्पन्न भएको छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समिती प्रदेश न.२ का सहसन्योजक मोहन शर्मा लामिछानेको अध्यक्षतामा र प्रदेश न.२ का मुख्यमन्त्री माननीय लालबाबू राउतको प्रमुख आतिथ्य स्वागत तथा परिचयात्मक कार्यक्रममा बिशिस्ट अतिथिमा होटेल तथा पर्यटन पुनरुत्थान समिति प्रदेश न.२ का अध्यक्ष हिरालाल गौतम , संरक्षण सल्लाहकार युवराज लामा ,बिजय झुनझुनवाला , दिपकमान श्रेष्ठ , आन्तरिक पुनरुत्थान समिति प्रदेश न.२ का सहसन्योजक बिष्णु साह , बैकुण्ठ सापकोटा , लगायत समितिका सदस्यहरु , सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई , होटल व्यवसायी संघ पर्साका सदस्यहरु , सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।

संरक्षण सल्लाहकार युवराज लामाले प्रदेस न.२ मा पर्यटनका थुप्रै सम्भावना रहेका स्थान र धरोहर रहेको छ त्यसलाई पहिचान नगर्नाले पर्यटक भित्रीयाउन नसकेको बताए।यसको लागि संघिय सरकार , प्रदेश सरकार र स्थानिय सरकारको सहयोग आवस्यक रहेको बताए।

प्रमुख अतिथि माननीय मुख्यमन्त्री लालबाबु राउतले पर्यटन बिकासको लागि प्रदेश सरकार गम्भीर भएर लागेको र आउने दिनमा पनि आन्तरिक पर्यटन पुनरुत्थान गर्न केन्द्रिय पर्यटन मन्त्रीसङ्ग बसेर योजना बनाउने पनि बताउनु भयो।
धन्यवाद सहित कार्यक्रम समापन भ्रमण कार्यक्रम संयोजक अभियानका सहसंयोजक मोहन शर्माले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन आन्तरिक पर्यटन पुररुत्थान समिति २ न. प्रदेशका सदस्य एवंम होटेल व्यवसायी महासघ प्रदेश न.२ का महासचिव तबरेज आलमले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close