
बारा , माघ २५ गते आइतबार ।
बारा जिल्ला फेटा गाउँपालिका वडा नं.५ जोतपुर टोल स्थित दसगजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा शनिबार दिउसो २:३० बजेतिर जिल्ला प्रहरी कार्यालय बाराका मातहत रहेका अस्थायी प्रहरी पोष्ट जोतपुर बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट BR05Y 6417 नम्बरको प्लाटिना मो.सा.मा आएका भारत बिहार जिल्ला मोतिहारी , थाना हरपुर ग्राम पन्चायत हरपुर वडा न.१० घोडासहन ग्राम बस्ने प्रभु महतोको छोरा बर्ष २६ को अरबिन्द महतो र अर्को पछ्डी बस्ने बर्ष ११ को व्यक्तिहरूलाई कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको नेपाली रू.१,०००/- दरको १९२३ थान, ने.रू ५००/- दरको ५७०४ थान, ने.रू.१००/- दरको १२०० थान र ने.रू.५०/- दरको १०० थान गरी जम्मा रूपैया ४९,००,०००।- (उनन्पचास लाख) सहित फेला पारेकोमा उल्लेखित श्रोत नखुलेको रकम, पक्राउ मानिस र मो.सा. समेत थप अनुसन्धानको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको बारा प्रहरीले जनाएको छ ।




