नेशनल मेडिकल कलेजमा डाइलोसिस अवस्थामा रहेका बिरामीलाई युएईका राजदुतद्वारा आर्थिक सहयोग ।

अजित भुजेल

बिरगंज , फागुन १५ गते शनिबार ।

युएई का राजदुतले नेशनल मेडिकल कलेजमा डाईलोसिस अवस्थामा रहेका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बिरगंजका डाइरेक्टर जैनुद्दिन अंसारीको अध्यक्षतामा तथा यूएई (दुबई) का राजदूत सईद हमदन अल्नकबीको प्रमुख आतिथ्यमा आज अस्पताल कै प्राङ्गणमा एक कार्यक्रम बीच डाइलोसिस गर्नु पर्ने अवस्थामा रहेका करिब ४० जना बिरामीलाई युएई (दुबई) का राजदूत सईद हमदन अल्नकबीद्वारा आर्थिक सहयोग गर्नुका साथ साथै गरिब बालबालिका तथा बृद्धहरुलाई समेत कपडा बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बिरगंजका एमडि बसरुदिन अंसारी, एड्मिसन डाइरेक्टर आबिद अंसारी, एकेडमीक डाइरेक्टर डा. सबीया यास्मीन, हस्पिटल डाइरेक्टर डा. प्रमोद सर्राफ, मेडिकल डायरेक्टर डा. एक के कोशी, लगायतकाको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close