
बिरगंज , फागुन १८ गते मंगलवार ।
बिरगंजका जग्गा कारोवारी प्रेम जाटिया आज पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज प्रेम जाटियालाई पक्राउ गरेको हो। जग्गा ठगीको आरोपमा उजुरी गरेपछी अनुसन्धानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भएको थियो ।
श्रीराम कोलोनी छपकैयाको जग्गा आफुलाई बिक्रि गरि अहिले ठगिएको भनि १७ जनाले उजुरी गरेपछि सो आधारमा पक्राउ पुर्जी जारी भए प्रच्यात आज पक्राउ गरेको हो।भोलि ५ दिनको म्याद थप गरि आवस्यक अनुसन्धान गर्ने खनालले बताए
आफ्नो प्रतिक्रिया दिनुहोस




