विमानस्थलबाट सुन जस्तो देखीने पहेँलो धातुको बाला र औठी सहित मानिस नियन्त्रणमा ।

काठमाडौं , फागुन १९ गते बुधबार ।

मिति २०७७/११/१७ गते जि.स्याङ्जा चापाकोट न.पा.वडा नं. ६ स्थायी वतन भएका नगेन्द्र कुमार रानाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको T-3 थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखीने पहेँलो धातुको बाला थान- ३ र औठी थान-२ (जम्मा १८६.५ ग्राम ) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएकोमा बरामद सुन सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close