नारी दिवसको अवसरमा शुभकामना सन्देश ।

बिरगंज , फागुन २४ गते सोमबार ।

१११ औं नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर धेरै महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको छ । म उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close