३८ क्विन्टल सुन तस्करीमा मुछिएका दीपक मलहोत्रालाई प्रधानमन्त्रीले दिए अवार्ड !

प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुन तस्करीमा मुछिएका दीपक कुमार मलहोत्रालाई समेत अवार्ड प्रदान गरेका छन् ।

विहिबार होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले मलहोत्रालाई अवार्ड प्रदान गरेका हुन् ।

चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो । कार्यक्रममा चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदरपत्र प्रदान गरिएको थियो । कोभिड १९ महामारीमा नेपाल चेम्बरअन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष समेत रहेका मल्होत्रालाई सम्मान गरिएको हो ।
मलहोत्रा त्रिभुवन विमानस्थलबाट हुने ३८ क्विन्टल सुन तस्करी प्रकरण, आयल निगमको जग्गा घोटाला प्रकरणमा मुछिएका व्यक्ति हुन् । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जेल चलान भएका बिमल पोद्दारले दिएको बयानमा मलहोत्रालाई समेत मुछेका थिए ।

तर, उनी पक्राउ पर्नुको सट्टा प्रधानमन्त्री ओलीसँगै विदेश यात्रामा जाने गर्दथे । उनै मलहोत्रालाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् । diyopost.com

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close