अबैध लत्ताकपडा सहित मोटरसाइकल बरामद ।

बिरगंज , बैशाख २० गते सोमबार ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बिहान ०२:३० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२५ मौजे सिर्सियास्थित सडक खण्डमा ४ जना व्यक्तिहरुले BR05E3908, ना.१८ प ७९०१, ना.१६ प ७८५४ र ना.२ प २४३० नम्बरको मो.सा.मा विभिन्न किसिमका लत्ताकपडा लोड गरी बीरगञ्जतर्फ ल्याउदै गरेको अवस्थामा देखी नियन्त्रणमा लिन खोज्दा निजहरु प्रहरीलाई देख्नासाथ लत्ताकपडा तथा मो.सा.छाडी फरार भएको हुँदा उक्त लत्ताकपडा र उल्लेखित नम्बरका मो.सा.हरु बरामद गरी रु.६,९४,३५०।– ( छ लाख चौरान्वे हजार तिन सय पच्चास ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close