
खेम राज खनाल जेठ २३ नेपालगन्ज
मिति २०७८।०२।२१ गते अं. १५;३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.०२ न्युरोड स्थित सन्ध्या नास्ता पसलमा अबैध लागू औषधको कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त स्थानमा गई खानतलासि गर्दा निम्न स्थान बस्ने निम्न ३ जना महिला र १ जना पुरुष जना ब्यक्तिहरुको साथबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु.४१,५००।-(एक चालिस हजार पाँच सय) रकम सहित फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत बाँकेबाट दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको ।
निम्न ब्यक्तिहरुः-
१) जि.बाँके खजुरा गा.पा.८ बस्ने बर्ष ३३ की बिबा शाही ।
२) ऐ.ऐ.४ बस्ने बर्ष ३० की गंगा खड्का ।
३) ऐ. नेपालगंज उ.म.न.पा.९ बस्ने बर्ष ३५ को राजेश खटिक ।
४) जिल्ला बर्दिया राजापुर न.पा.वडा नं. ४ बस्न बर्ष २१ की पुजा परियार ।




