आफ्नै नाबालिक छोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बुवा पक्राउ।

कैलाली , असार ०२ गते बुधबार ।

जिल्ला कैलाली लम्की चुहा न पा २ बघनिया बस्ने नाबालिका वर्ष १० कि परिवर्तित नाम ७१ लम्की ६० लाई आफ्नै घरमा मृत अवस्थामा फेला परी घरपरिवारले दाह संस्कार गर्ने तयारी गरि रहेको भन्ने सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल लाशजाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागी सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवा प्रतिवादी ५१ बर्षीय परिवर्तित नाम ७१ लम्की ६०(क) ले मृतक नाबालिकालाई मिति २०७८।०२।२७ गते दिउँसो आफ्नै भैसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा खुल्न आएको । निज प्रतिवादी परिवर्तित नाम ७१ लम्की ६० (क) लाई मिति २०७८।२।३० गते पक्राउ गरी ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close