वीरगंजको २३ किलो सुन प्रकरण: रक्सौलका विधायकका भाई र भतिजीमाथि १८ करोडको मुद्दा दायर

वीरगंजको २३ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ।

वीरगंज-५ रेशमकोठी चोकमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट २०७७ असोज ३० गते बरामद भएको २२ किलो ९९७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदी सम्बन्धमा रक्सौलका अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध मुद्दा दायर गरेको हो।

अभियुक्तहरूबाट १८ करोड ६५ लाख २ हजार बिगो असुलको मागसहित हदैसम्मको कारबाहीको माग गरिएको छ।

भन्सार छलेर ल्याएको सुन, गरगहना अवैध कारोबार गरेर सिन्हा र निजकी छोरीले राज्यको करोडौं रुपैयाँ नोक्सानी पुर्‍याएको राजस्व विभागको दाबी छ।

अशोक सिन्हा रक्सौलमा भारतीय जनता पार्टीबाट निर्वाचित विधायक प्रमोद सिन्हाका सहोदर भाइ हुन्।

सुन बरामद भएको ८ महिना बितिसक्दा पनि प्रहरीले हालसम्म अशोक सिन्हा र निजकी छोरी निवेदिकालाई पक्राउ गर्न सकेको छैन।

नेपाल प्रहरीले उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्ने पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। bizmandu

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close