
अजित भुजेल
बिरगंज , असार ११ गते शुक्रबार ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार उहाँ कै कार्यकक्षमा ज्ञापनपत्र बुझाउनु हुँदै पर्सा अध्यक्ष हरि पन्तले पटक पटकको बन्दले गर्दा बढी प्रभावित होटेल व्यवसायीहरु भएको होटेलको घरभाडा , ऋणको व्याज , बिजुली खर्च , कर्मचारीहरुको तलब लगायत अन्य कर तिर्न नसक्ने अवस्थामा पुग्दा र हाल आषाढ ३ गते बाट डिसिएमसिसिको बैठकले अन्य क्षेत्र र व्यवसायी खुल्ला गरि सक्दा पनि होटेल तथा पर्यटन क्षेत्र अझ सम्म बन्द कै अवस्थामा रहेकोले स्वास्थ्य प्रोटोकल पूरा गरि होटेल तथा पर्यटन व्यवसाय यथाशीघ्र सन्चालन गर्ने वातावरण बनाईदिन आग्रह र अनुरोध सहितको ज्ञापनपत्र पढेर बुज्गाईएको थियो ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्वमा गएको टोलिमा वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिब माधव बस्नेत , सदस्यहरु सदस्य शेखर चौधरी , दिलिप राज कार्की , सुरेश कुमार , पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शन्कर आचार्य , सन्चारकर्मी निरज पिठाकोटे मगर , अजित भुजेल , सन्तोष रन्जितकार लगायतको सहभागिता रहेकोे थियो ।




