
नवलपुर । नवलपुरको मध्येबिन्दुमा चितुवाको आक्रमणबाट ११ ओटा भेडा मरेका छन् । मध्यबिन्दु नगरपालिका १ स्थित अभियनमा एकल महिला किसान मन कुमारी महतोले गोठभित्र बाँधेका १५ ओटा भेडा मध्य ११ ओटा भेडा चितुवाको आक्रमणबाट मरेको हो ।
जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट भेडा मरेपछि गोठ नै रित्तो भएको छ । ११ ओटा भेडा मरेपछि ४ ओटा भेडा बाकी रहेपनि ती पनि सबै घाइते छन ।
किसानको कच्ची गोठ भएकाले सजिलोसँग चितुवा गोठभित्र छिरेर भेंडालाई आक्रमण गरेको स्थानीयबासी गणेश महतोले भने, ‘पछिल्लो समय चितुवा बस्ती नजिक आउने र त्रास थप्ने काम गरिरहेको छ ।
प्रहरी चौकी कोल्हुवाका अनुसार सामुदायिक वन नजिकै रहेको र त्यहीँ वनबाट चितुवा बस्तीमा आएको हुन सक्ने अनुमान गरिएको छ । चितुवाको कारण दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




