एआईजी बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

एआईजी बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

असार २७, प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सहकुल थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थापालाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको थियो । बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।आईजीपी थापाले बढुवा भएका एआईजी थापालाई बधाई दिँदै बढुवापछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनले बताएका थिए। उक्त अवसरमा एआईजी थापाले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई बढुवा गरेको चर्चा गर्दै उक्त विश्वासलाई रत्तिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो। kantipath

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close