
सुरेश यादव,नवलपरासी/ असार २८ ।
पश्चिम नवलपरासीको एक चप्पल फ्क्ट्रीमा आगलागी भएको छ। आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वर्डा नं १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो।
चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखेको ठाउँमा आगलागी भएको । कम्पनी सञ्चालकका अनुसार सवारी पार्किङ्गका लागि निर्माण भैरहेको स्थानमा ट्रष्ट वल्डीङ्कोे झिल्का नजिकै रहेको केमिकलमा परेपछि आगो फैलिएको थियो । समयमै दमकल र प्रहरीको टोली घटनास्थलमा पुग्दा ठूलो क्षेती हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय का डिएसपी राजु लामाले बताउनुभयो ।

आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको २ वटा दमकल प्रयोग गरिएको थिया भने आगो नियन्त्रणकाे लागि नेपाल प्रहरी , शसस्त्र प्रहरी , कालिध्वज परासी र स्थानियहरुकाे प्रयास गरिएकाे थियाे डिएसपी लामाले जानकारी दिनुभयाे ।

आगलागी साझ ७ बजे नियन्त्रणमा आएकाे हाे भने आगलागीले उद्योगमा लाखाैकाे क्षति भएको उद्याेगले जनाएकाे छ।




