कनकाई नगर अस्पतालमा भित्रियो आविष्कार केन्द्रद्धारा उत्पादित कोरोना मेशिन

लीलाराज झापाली

तस्वीर ः पिपिई क्याविनेट जडान पछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्दै त्रिकाल फाउण्डेशन अध्यक्ष बस्नेत फोटो : कनकाई अनलाईन


राष्ट्रिय आविष्कार केन्द्रद्धारा उत्पादन गरिएको कोरोना आशंका गरिएका विरामीहरुका लागि जाँच्ने पिपिई क्याविनेट झापाका दुई अस्पतालमा जडान गरिएको छ ।
झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पताल र दमकमा रहेको दमक पब्लिक हस्पिटलमा सो पिपिई क्याविनेट जडान गरिएको हो ।
आविष्कार केन्द्रले उत्पादन गरेको सो क्याविनेट मोरङ उर्लावारीमा रहेको त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा सुरुवाती दुई अस्पतालमा जडान गरिएको र बाकी अन्य अस्पतालहरुमा समेत क्रमश जडान गरिदै जाने त्रिकाल फाउण्डेशनका अध्यक्ष नारायण वस्नेतले बताउँनुभयो ।
आविष्कार केन्द्रले कोरोना भाइरसलाई लक्षित गरि सो स्वास्थ्य वुथ ५५ हजार ५ सय रुपैँयाको लागतमा निर्माण गरि अस्पतालहरुलाई निशुल्क प्रदान गरिएको त्रिकाल फाउण्डेशनका इन्द्र लामाले बताउँनुभयो । आवश्यकीय पिपिईको समेत कमिमा स्वास्थ्यकर्मीको ज्यानलाई समेत जोखिममा राखेर स्वास्थ्य जाँच गर्नुपरिरहेको वेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पिपिई क्याविनेटका कारण कोरोना आंशका गरिएका तथा अन्य रोगका विरामीलाई समेत अव सेवा दिन सजिलो भएको कनकाई नगर अस्पतालकी प्रमुख डाक्टर विद्या पोखरेलले बताउँनुभयो । यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका अन्य विरामीका लागि चेकजाँचमा प्रयोग गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

आविष्कार केन्द्र तथा त्रिकाल परिवारले आजै यो मेशिन सुरुङ्गा र दमकमा जडान गर्नुभयो । झापाकमा यो मेशिन पहिलोपटक भित्रिएको त्रिकाल फाउण्डेशनका इन्द्र लामाले बताउँनुभयो । मेशिनमा भित्र र बाहिर माइक र साउण्ड सिस्टम जडान गरिएको हुन्छ भने शंकास्पध विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माईकको सहायाताद्धारा चेकजाँच गर्न र सल्लाह सुझाव र औषधि लेखिदिन सक्नेछन । मेशिन जडान कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई, जनप्रतिनिधि सुनिता सिग्देल लगायातको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close