बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध नेपाली कांग्रेसका स्थानिय यूवा नेता धिरज गुप्ताले दिएको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत वीरगञ्जले दियो अन्तरिम आदेश

वीरगञ्ज १ भदौ । वीरगञ्जस्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध नेपाली कांग्रेसका स्थानिय यूवा नेता धिरज गुप्ताले दिएको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ ।
मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न भनी अन्तरिम आदेश दिएको हो ।
अदालतले उक्त जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिनेसमेत काम कारबाही नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।
शुक्रबारको पेसीमा रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र देवेन्द्र लाल नेपालीसहितले बहस गरेका थिए।
घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा असारतिर पार्किङस्थल निर्माण गर्न थालिएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
बीपी उद्यानको जग्गामा उद्यानबाहेक अन्य संरचना बनाएको भन्दै वीरगञ्जका धीरज गुप्ताले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा असार २८ गते रिट निवेदन दर्ता गराएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close