चालीस किलो चाँदीसहित प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ

चालीस किलो चाँदीसहित प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका-४ बाट प्रहरीले मंगलबार बिहान सर्लाही मलंगवा नगरपालिका-२२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो।

गौर बसपार्कबाट सोनारलाई चाँदीसहित पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।

सोनारले दुई वटा झोला बोकेका थिए। उक्त झोलामा चाँदी फेला परेको चिमरियाले बताए।

चाँदीको बजार मूल्य झन्डै ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ। सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।

सोनारले भारतबाट चाँदी ल्याएको आशंका गरिएको छ। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close