
प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका-२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।
यता, पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




