
सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए ।
चार-पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए । औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




