बिचौलियाको माध्यमबाट मात्रै यातायात कार्यालय वीरगंजमा काम हुदै

वीरगंज । नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

एकजना काठमाण्डौं बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको ति सेवाग्राहीले नाम नबताउने सर्तमा बताएका छन ।

प्रत्यक्षदर्शि अनुसार बिचौलियाहरुले आफनै हातले ढाटामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाट का कर्मचारीसँग सहि गराउछन ।

नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरु ले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।

सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने हामीलाइ प्रमाण तथ्य फेला परेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close