
बालकलाई अपहरण सैलिमा लैजादै गरेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलबाट खेल्दै गरेको ८ बर्षीय बालकलाई हातखुट्टा बाँधी लैजादै गरेको अवस्थमा वडा स्थानीयले पक्राउ गरी वडा प्रहरी कार्यालय श्रीपूरलाई बुझाएका छन ।
जितेन्द्र पटेलको ८ बर्षीय छोरा अबिराज पटेललाई आफ्नो गलबन्दीले हात खुट्टा बाँधी लिएर जादै गर्दा अन्य बच्चाहरुले हल्ला गरेपछी स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरिलाई बुझाएको हो ।
पक्राउ परेका व्यक्ति लागुऔषध सेवन कार्त रहेको प्रहरीले जनाएको छ । उनले लागुऔषधको झोकमा बच्चालाई बन्धक बनाई लैजान खोजेको बुझिएको छ । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका व्यक्तिको परिचय समाचारमा खुलाईएको छैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




