आदिवासी जनजाती भएकै कारण सदस्यबाट बन्चित :- अध्यक्ष गुरुङ

आदिवासी जनजाती भएकै कारण महासघ्को सदस्यताबाट बन्चित गर्ने गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज) का संघिय अध्यक्ष डन्ड गुरुङले आरोप लगाउनु भएको थियो ।

पर्सा जिल्लाको आर्थिक नगरी बिरगंजमा शनिबार होटेल कुमु प्यालेस भएको नेपाल आदिवासी जनजाती पत्रकारहरुको प्रदेश न. २ को दोस्रो प्रादेशिक महाधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष गुरुङ्गले नेपाल पत्रकार महासघले जातको आधारमा आदिवासी जनजाती पत्रकार माथि बिभेद कायम रहेको बताए ।

आदिवासी जनजाती पत्रकार अझै पनि पत्रकार महासघकि सहज रुपमा सदस्य लिन सकेका छैन , अध्यक्ष गुरुङले भने , जातको आधारमा भेदभाव गरेका कारण आदिवासी जनजाति पत्रकारहरु महासघको सदस्य लिनबाट बन्चित भएको बताए।

त्यसैगरि आदिवासी जनजाती पत्रकार महासघको आवस्यकता र औंचित्यताको बारे चर्चा गर्दै अध्यक्ष गुरुङ्ग्ले संचार क्षेत्र अझै समावेशी नभएकोले संचार क्षेत्रलाई पुर्ण समावेशी बनाउनु पर्नेमा जोड दिनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय उपाध्यक्ष गजुरधन राईले आ. ज. प. महासघले पछी पारिएका जात , समुदायको हक अधिकार सुनिश्चितको लागि कलम चलाउनु पर्ने आवस्यकता औलाए।

नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज) प्रदेश न.२ का अध्यक्ष प्रमेश वादेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ्ग , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य केसि लामिछाने , प्रदेश न.२ का महासचिव श्याम बन्जरा, नेपाल आदिवासी जनजाति महासघ प्रदेश न.२ का वरिष्ठ उपाध्यक्ष कमल पिठाकोटे मगर , फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , बिरगंज उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , श्री चन्डि प्रसाद गणका गणपति मनोज कार्कि , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मि लगायतको उपस्थिति रहेको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासघ प्रदेश न.२ का महासचिव अनिता चौधरीले कार्यक्रम संचालन र स्वागत मन्तव्य फिनिज पर्साका अध्यक्ष अजित भुजेलले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close