साहिब दरवार द्वारा नारायणी अस्पतालमा कम्मर वितरण

साहिब दरवार द्वारा नारायणी अस्पतालमा कम्मर वितरण

राहुल गुप्ता
वर्ष देखि बिरगंज लगायत विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको साहिब दरबारले आज बिरगंज लगायत आसपासमा जाडो बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै नारायणी अस्पतालका बिरामी तथा कुरूवाहरूलाई कम्बल वितरण गरेको छ।शनिबार अस्पतालमा भर्ना भई उपचाररत बिरामी र तीनका कुरुवा गरी १५० जनालाई कम्बल बाँडेकाे हाे।

अस्पतालका विभिन्न वाडमै पुगेर बिरामी र कुरुवाहरुलाई कम्बल वितरण गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिएका थिए।मधेसमा अहिले बढ्दाे जाडाेको कारण बिरामी र तीनका कुरुवाहरुलाई चिसाेले समस्या भएपछि त्यसैलाई मध्यनजर गर्दै कम्बल बाँडिएको सहनीले बताए ।

साहिब दरबारका नेपाल अध्यक्ष उमेशलालको अगुवाइ तथा वडा नं.३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकारको विशेष उपस्थित रहेको सो कम्मबल वितरण कार्यक्रममा साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल,अन्नपुर्णा सिंह,दिपा श्रेष्ठ,रोशन पटेल,वकिल मियाँ,समिम अंसारी , हफिज मियाँ,पुष्पराज कोइराला,राजु गुप्ता समेतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close