वीरगंज राजधानी बनाउन को लागी ९ औ दिन पनि प्रदर्शन

वीरगंज, पर्सा
वीरगंज राजधानी बनाउन को लागि आज ९ औ दिन पनि प्रदर्शन गरेका छन्।

आज संयुक्त युवा बिधार्थी वीरगंज समन्वय समिति मा भेला भई समन्वय समिति बाट लोकतान्त्रिक समाजवादी पार्टी का नेता संजय मंडल को अध्यक्षतामा मोटरसाइकल र्याली निकाल्दै परवानीपुर चौक मा पुगी कोणसभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै कार्यक्रम का अध्यक्षता गरेका संजय मंडल ले‌ जब सम्म वीरगंज राजधानी हुदैन तब सम्म हाम्रो बिरोध को कार्यक्रम जारिनै रहने बताएका छन।

त्यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टी का उपाध्यक्ष सुजित गिरी ले हाम्रो वीरगंज राजधानी को लागि संघर्ष जारिनै रहने र दिनप्रतिदिन हाम्रो आन्दोलन को रुप परिवर्तन भैरहने बातएका छन।

साथै युवा नेता माहादेव कुर्मी, अजय महतो, अली हसन,कृष्णा पटेल,पुरसोतम पटेल,सागीर अली, अनीश कुशवाहा , तनबिर लगायत ले वीरगंज राजधानी बनाउको निम्ति आ आफ्नो ब्कत्ब्य राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close