
चार्डपर्वको रौनक थपिएसंगै भारतसंग जोडिएको पर्साको वीरगंज–रक्सौल सीमावर्ती क्षेत्रबाट कपडा, खसी बोका र ईलेक्ट्री पार्टपुर्जा लगायतका तस्करी तिब्र रुपले बढेकोे छ । सीमानाकाबाट हुने अपराधिक गतिबिधी चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरे पनि सोही प्रहरी अधिकारीहरुको संरक्षणमा वीरगंज–रक्सौल नाकाको प्रयोग गरि दिनहु लाखौंको अबैध कपडा तथा खसी बोका भित्रिने गरेको पाईएको छ ।
भारतको रक्सौलबाट वीरगंजको इनार्वा गाउँ हुँदै दिनहु एक सयदेखी डेढ सयसम्म बखी बोका वीरगंज भित्रिने गरेको छ भने ई–रिक्शा तथा भरियाहरुको मार्फत दिनहु लाखौंको अबैध लत्ता कपडा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरक्षणमा वीरगंज भित्रिने गरेको छ । इनर्वा गाउँ हुँदै वीरगंजबाट भने रातीको ५० भन्दा बढि कबाड बोकेको ठेलामा प्रतिबन्धीत सामानहरु राती समयमा भारतको रक्सौलसम्म पुग्ने गरेको पाईएको छ ।
यो नाका प्रयोग गरि कपडाको तस्करी गर्नेमा वीरगंज इनर्वाका हरदेव यादव, छपकैयाका भोला, तबारक, छपकैयाकै दुई जना मुस्लिम थरका खसीबोका तस्कर सो नाका प्रयोग गरि तस्करी गरिरहेका स्थानीयले बताएका छन् । यी तस्करहरुले गर्ने तस्करी बापतको रकम स्थानीय बिओपी, प्रहरी चौकीदेखी सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगर, पर्साका सशस्त्र प्रहरीका एसपी तेजप्रसाद पोखरेल, पर्साका नेपाल प्रहरीका एसपी रमेश बस्नेतसम्म पुगेको गरेको स्रोतले जनाएको छ ।
ग्रामिण भेगबाट राँगा भैसीको तस्करी
यस्तै पर्साकै ग्रािमण भेगमा पर्ने भारतको सीमासंग जोडिएको प्रसौनीभाठ्ठा, जगरनाथपुर, ठोरी लगायतका नाकाहरुबाट राँगा भैसीको तस्करी भईरहेको पाईएको छ । तस्करी गरि ल्याईएको भैसी पर्साकै परवानीपुर, जगरनाथपुर र बिजयबस्तीको पशुहाट बजारले किनेर मालवाहक गाडीमा लोड गरि काठमाडौं पोखरा लगायतको ठाउँमा पुग्ने गरेको छ ।
को हुन असुली गर्ने ?
यी तस्करहरुसंग तस्करी वापतको रकम असुल्न अघोषित रुपमा परिचालन गरिएको घुमुवाहरु ३÷४ दिन पहिला डिआईजीले बाहिनीमा तानिसकेको स्रोतले जनाएको छ । तर वीरगंज–रक्सौल नाकाबाट चल्ने तस्करीको रकम वीरगंज भन्सार कार्यालयस्थित रहेको बिओपीका इन्स्पेक्टर रबिन्द्र भट्टले नै असुली डिआईजी मगर र एसपी पोखरेललाई पठाउने गरेको स्रोतको दाबी छ ।
नेपाल प्रहरीका एसपी बस्नेतले भने लालबाबु साह नामक क्राईमका प्रहरीलाई परिचालन गरि उक्त तस्करी वापतको रकम असुल्ने गरेको बताईन्छ ।




