तस्करीको लाईन कार्वाहीमा परेका प्रहरी निरीक्षक राजेन्द्र भट्ट पुन आए पछि तस्करीको लाईन खुलेको

सशस्त्र प्रहरी बल पर्सा जिल्लामा घुश खोर कर्मचारी का कारण बदनाम हुन पुगेको छ । केही दिन देखी मुख्य नाका हुदै बन्द रहेको तस्करीको लाईन कार्वाहीमा परेका प्रहरी निरीक्षक राजेन्द्र भट्ट पुन आए पछि तस्करी को लाईन खुलेको छ।

भने विओपि श्रिसिया का प्रहरी निरीक्षक तिर्थ राज नियूपाने बिदामा भएको बेला प्रहरी उपरीक्षकले यही मोका छोपि तस्करीका लाईन दिएका छन्।

चाडपर्वको साथै चुनावको समय तस्करहरुको लागी सुवर्ण अवसर बनेको छ । सुरक्षा निकायको ध्यान चाडपर्व र निर्वाचन तर्फ केन्द्रित भएकोले तस्करहरुको लागी सुवर्ण अवसर उपलब्द भएको हो । बारा पर्सा जिल्ला तस्करीको प्रमुख केन्द्र रहदै आएको छ । बीरगंज भन्सार सहित छोटी तथा चोर नाकाहरु भएर दैनिक तस्करी हुने गरेको छ ।

सिमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी हरु संगको संलग्नतामा तस्करी हुने गरेको छ भने हाल आएर नेपालीहरुको प्रमुख चाडपर्व छठ पर्व परेको र संघ र प्रदेशको निर्वाचन हुन गईरहेको कारण सुरक्षा अधिकारीहरुको ध्यान त्यसै तर्फ केन्द्रित भएको छ भने सिमा क्षेत्रवात प्रहरी कठौती गरिएको छ जस्ले गर्दा तस्करहरुको लागी अवसर आइपरेको हो ।

दिनमा साना तस्करी र रातमा ठुला तस्करी हुने गरेकोमा हाल आएर दिन रात ठुला साना तस्करहरुले आरामेल तस्करी गरिरहेका छन सिमित सुरक्षाका लागी प्रहरी भएको कारण प्रहरीलाई रकम समेत कम दिन परेको कारणले पनी चती खेर तस्करहरु हौसिएका छन ।

केही दिन अघि मात्र विओपि वीरगञ्ज भन्सार कार्यालय का प्रहरी निरीक्षक राजेन्द्र भट्ट तस्कर सँग पैसा मागेको आरोप मा सशस्त्र प्रहरी प्रधान कार्यालयमा उजुरी परे पछि तानिएका थिए । पैसा र पावर कै बलमा फेरि वीरगञ्ज भन्सार बिओपि आई पुगे पछि मुख्य नाका हुदै तस्करी लाईन खुलियाम खोलिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close