
जितेस कुमार यादव/सर्लाही
सर्लाहीको रामनगर गाउँपालिका वडा न-४ मा राम बिश्वास राय यादवको उखुबारीमा आगलागी भएको छ।
शनिबार दिउँसो २ बजेको समयमा यादवले लगाएको १० कठ्ठाको उखुबारीमा आगलगी भएको हो।
भटन राउतले काटिसकेको उखुको पात जलाउने क्रममा हवाको कारणले यादवको उखुबारीमा आगो सल्किएर आगो लागेको प्रहरीले जनाएको छ।
आगलागीबाट करिव ३ लाख बराबरको क्षती भएको यादवले बताए। आगो स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिईएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




