
सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।
मधेसमा जन्मिएका निधिले २०३६ सालमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर राष्ट्रिय चर्चा बटुलेका थिए । कांग्रेसको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए । अहिले उनका लागि गृह प्रदेशको पार्टी–निर्वाचन ठूलो प्रतिष्ठाको विषय बनेको थियो ।
नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।




