नरायणी असपताल लाई जर्नल असपताल बानाउने प्रदेस सभासदय रमेस प्रसाद कुर्मी को माँग

२२ बैशाख,बीरगंज । बीरगंजको नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले माग गर्नुभएको छ ।

पर्सा क्षेत्र नम्बर २ ख बाटा निर्वाचित प्रदेश सभा सदस्य कुर्मीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बीरगंजको एक मात्र आशा एवम भरोसाको केन्द्र रहेको र केन्द्र सरकारले नारायणी अस्पताललाई कोभिड लेबल २ अस्पताल बनाएको हुँदा सर्वसाधरणहरुलाई सास्ती भइरहेको गुनासो बढीरहँदा अन्यत्र कोभिड अस्थायी अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माँग गर्नुभएको छ ।

नारायणी अस्पताल लेभल २ कारोना अस्पताल घोषणा भएपछि त्याहाँबाट प्रदान हुने अन्य जनरल सेवा ठप्प रहेको छ । घनावस्तीको बीचमा रहेको नारायणी अस्पतालमा कोरोना संक्रमित मात्र भर्ना हुने अवस्थाले प्रसूती लगायत अन्य जनरल सेवाका रोगीहरु उपचारबिहीन भएको जनगुनासो दिनप्रति दिन बढ्दै गएको प्रति आफ्नो ध्यानाकार्षण भएको कुर्मीले बताउनुभयो ।

यसैकुरालाई मध्यनजर गरेर बीरगंजको नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्न अनिुमति दिन र अन्यत्र अस्थायी कोभिड अस्पताल बनाउन कुर्मीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आज विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।

प्रदेश नं २ को एक मात्र महमानगरपालिका वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट तथा छिमेकी मुलुक भारतको सीमावर्ती जिल्लावासीहरुको स्वास्थ्य उपचारको लागि पहिलो रोजाई रहेता पनि अहिले कोभिड अस्पतालमा परिणत हुदाँ गरीब निमुखा र असहाय नागरीकहरुलाई सास्ती भएको छ ।

अस्पतालबाट प्रदान गरिदै आइएको हेमो डायोलोसिस सेवा बन्द भएको हुँदा नेपालमा कोरोनाबाट कसैको ज्यान नगएपनि डायोलोसिस सेवाबाट बन्चित भई बारा र पर्सा जिल्लामा गरी ३ जनाको मृत्युभएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताउनु भयो ।

यसतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यान दिन अति आवश्यक रहेको कुर्मी बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close