पत्रकार भुजेलले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाए ।

बिरगंज , भदौ १७ गते बिहीबार ।

बिरगंजका सक्रिय पत्रकार अजित कुमार भुजेलले आफ्नो जन्मदिन मानव सेवा आश्रम बिरगंजमा मनाएका थिए ।

बिरगंजबाट प्रकाशित पर्सा पोस्ट साप्ताहिक पत्रिका प्रकाशक बिरगंज महानगर पालिका वडा न.२ निवासी अजित कुमार भुजेलको आज पर्न गएको जन्मदिनको अवसरमा बिरगंज महानगर पालिका वडा न.९ स्थित मानव सेवा आश्रममा रहेका ५५ जना लक्ष्मी-नारायणहरु सङ्ग मनाएका थिए ।

आश्रमका अभिभावक समेत रहेका पत्रकार अन्य सामाजिक कार्यमा पनि सक्रिय रहदै आईरहनु भएका पत्रकार भुजेल ४९ बर्ष पूरा भैइ ५० बर्षमा प्रवेश गर्नु भएको सुखद उपलक्ष्यमा आज बिहानको खाना स- प्रेम योगदान गर्नु भएको मानव सेवा आश्रम बिरगंज शाखा प्रमुख सानू गुरुङले जानकारी गराउनु भयो ।

मानव सेवा आश्रम बिरगंज शाखा स्थापना गरेको ४ बर्ष पुग्यो ।अहिले सम्म २२ जना लक्ष्मीनारायण ठिक भएर पारिवारिक मिलन भैइ सकेको छ ।यसको मुख्य कार्यालय मकवानपुर हेटौंडा रहेको छ भने बिरगंज महानगर पालिका वडा न.१८ लक्ष्मनवामा १८ कठ्ठा आफ्नो जग्गा रहेको र केही दिन पछी आश्रमको नया भवन भन्ने तयारी भैइ रहेको प्रदेश न.२ का संयोजक देवेश गुप्ताले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close