जनता समाजवादि पार्टी नेपालद्वारा प्रेस बिज्ञप्ती जारि गर्दै आआफ्नो घरमा धर्ना बसि बिरोध गर्न सम्पुर्णलाई अनुरोध गरेको छ ।

जनता समाजवादि पार्टी नेपालद्वारा प्रेस बिज्ञप्ती जारि गर्दै आआफ्नो घरमा धर्ना बसि बिरोध गर्न सम्पुर्णलाई अनुरोध गरेको छ

बिरगंज , बैशाख २३ गते मंगलवार ।

पर्सा, बारा, रौतहट, सर्लाही लगायत यस क्षेत्रको गरिब जनताको उपचार गराउने नारायणी अस्पताल बीरगंजलाई संघिय सरकार दाूरा कोरोना अस्पताल बनाए पछि जनता समाजवादी पार्टी लगायत सम्पूर्ण राजनीतिक दल नागरिक समाज संघ संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभए पछि बाध्य भएर लकडाउनको कारण २०७७बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज,आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता , नागरिक समाजको अगुवा, आम जन समुदायलाई धन्यवाद दिदै जब सम्म नारायणी अस्पताल आम जनताको लागि सम्पूर्ण सेवाहरू संचालन हुदैन तब सम्म = घर घरबाट बिरोध = भने नाराको साथ हाम्रो धर्ना अभियान प्रत्येक दिन बिहान १०बजे देखि ११बजे सम्म जारी रहने छ । यो अभियानमा अन्तिम समय सम्म साथ दिन सम्पूर्ण आम जन समुदाय संग हार्दिक अनुरोध गरेको जनता समाजवादी पार्टी नेपालका सह- महासचिव नेजामुदिन समानिले जानकारी गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close