जि. पि. फाउन्डेसन पर्सा द्वारा बिरगंज को ३२ वडा मा सेनेटाइजर गरिने काम अन्तिम चरणमा

 

जि. पि. फाउन्डेसन पर्सा द्वारा बिरगंज को ३२ वडा मा सेनेटाइजर गरिने काम अन्तिम चरणमा

वीरगंज २४ बैशाख । कोरोना भाईरस तथा कोभिड १९ को प्रकोपले विश्व नै आक्रान्त बन्न पुगेको छ । हाल सम्म विश्व भरी लाखौं मानिसले यस रोगबाट आफनो ज्यान समेत गुमाई सकेका छन ।

विश्व स्वास्थ्य संगठनले यस रोगको कुनै औषधि उपचार नरहेको जिकिर गर्दै आएता पनि समाजिक दुरी तथा व्यतिmगत साफसफाई नै यसको मुख्य उपचारहरु मध्य एक रहेको बताएको छ ।

यही यथावत कुराहरुलाई मनन् गर्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनेटाईजरबाट महानगरको अधिकांश वडाहरुलाई सेनेटाईज गरि सकेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताएका छन ।

वीरगंज महानगरको ३२ वटै वडाहरु सेनेटाईज गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी गराएका हुन । सदस्य कुर्मीका अनुसार हालसम्म वीरगंज महानगरको १ देखि वडा नं २५ सम्म सेनेटाईज गरिसकिएको उनले बताए ।

बाकि रहेको वडाहरु सेनेटाईज भई रहेको तथा एक हप्ता भित्र सम्पुर्ण वडाहरु सकाउने फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले बताए । अगामी दिनहरुमा पनि पर्साका जनता तथा गरिब नागरिकहरुलाई फाउण्डेशनले परेको बेला यथासम्भव सहयोग गर्ने प्रतिब्धता फोउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close