
बिरगंज , असार २२ गते सोमबार ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा २२ गते सोमबार विहान जिल्ला पर्सा पटेर्वासुगौली गाँउपालिका वडा नं.१ सोनबर्षा स्थित सदै मियाँको घरमा लुकाई छिपाई राखेको अवैध लागु औषध गाँजा २३ किलो सहित जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.१ बस्ने बहादुर महतोको छोरा बर्ष २८ को किसुन मण्डललाई सदै मियाँको घरबाट नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




