
राजन बानिया
पोखरिया २९ बैसाख
पर्साको पोखरिया नगरपालिका वडा नं ९ मा रहेको चौकिया बैरिया र सेमरबारीबर्वा लाई जोड़ने सड़क निर्माण कार्यको अाज शिलान्यास छ। नया सडक निर्माण कार्यको शिलान्यास एक कार्यक्रम का बिच प्रदेश सभा सदस्य प्रहलाद गिरी ले बिधित रुपमा पुजापाट गरि शिलान्यास गर्नु भएको थियोे ।सडक निर्माण करिब १४ लाख को लागतमा प्रदेश सभा सदस्य प्रहलाद गिरी को संसदीय कोष बाट निर्माण हुन लागेको बिधार्थी नेता सुजित गिरी ले जनाएका छन।
शिलान्यास कार्यक्रममा पोखरिया नगरपालिका का मेयर दिपनारायन रौनियार्, उपमेयर सलमा खातून, वार्डअध्यक्ष रामबाबु चौहान . भौतिक बिकास प्रबिधिक कार्यालय का ईन्जिनियर दिपक कुमार, नेता निजमुदीन सामानी , जिल्ला समन्वय समिति पर्सा को सदस्य रिजवान आलम, पोखरिया युवा समाज का नौसाद अालम, राकेश महतो लगायत स्वानिय बासिन्दा हरु को सहभागिता रहेको थियोे । न्या सडक निर्माण पछी चौकिया बैरिया,र सेमबारी बर्वा को हजारौ जनता हरु को फाईदा हुने र निर्माण काम उपभोक्ता समिति बाट असाढ मसानत भित्र निर्माण काम समपन गरिने नौसाद अालम ले जनाए का छन।




