कृषकको समस्या बुझिदन मुख्यमन्त्री लाई नेकपा युवानेता चौधरीको अाग्रह

बीरगन्ज – मलखादको अभावले कृषकहरु चिन्तित हुन थालेपछि नेकपा युवा नेता मनोज चौधरीले तत्काल किसानको आवश्यकता बुझिदिन मुख्यमन्त्री एवं स्थानिय सरकारलाई अनुरोध गर्नुभएको छ । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको करिब साढे ४ महिना लामो लकडाउनले गर्दा मलको अभाव हुँदा बाली विग्रिने भन्दै किसानहरु चिन्तीत बनेका छन् । मलको अभाव र सरोकारवालाको उदासिनताका कारण खाद्य संकट नआउला भन्न सकिदैन ।

नेपाल खाद्य सामाग्री संस्थान लिमिटेडले भने लकडाउनले गर्दा कृषकहरुलाई खाद्य प्रदान गर्न नसकेको स्वीकार गर्दै आएको छ । विशेषगरी पर्सा जिल्लाका कृषकहरु सिमावर्ती क्षेत्रबाटै आफुलाइ चाहिने मलखाद ल्याउने हुँदा खाद्य संस्थानको भर पर्नुपर्ने अवस्था नभएपनि बर्तमान परिवेशमा सीमा क्षेत्र सिल गरिएकोले कृषकहरुलाई समस्या परेको हो । मलखादको अभाव हुँदै गएपछि कृषकहरु बाध्य भएर सीमा क्षेत्रबाट मलखाद ओसार्दा कार्वाहि गरेर कृषकलाई दुख दिने कार्य कदापि सह्य नहुने चौधरीको अडान छ ।

प्रशासनले सिमावर्ती क्षेत्रबाट मलखाद ल्याउने कृषकहरुलाई कार्वाही नगरेर सावधानी अपनाएर सहजिकरण गर्नुपर्ने उहाँको भनाई छ । वीरगंज आई सि पि बाट दैनिक सयौंको संख्यामा मालवाहक गाडि संगै हजारौं भारतीयहरु भित्रीरहदा संक्रमण नहुने तर पर्साका कृषक बालि बचाउन जीवन जोखिममा राखि सिमावर्ती क्षेत्रबाट मल ल्यादा संक्रमण फैलिने भन्दै नेता चौधरीले आक्रोश पोख्नुभयो । संघिय सरकारको भर नपरि प्रदेश र स्थानीय सरकारले तत्काल कृषकहरुको समस्या समाधानका लागि पहलकदमी चाल्न पनि चौधरीले अनुरोध गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close