इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोतांता चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा लागुऔषध ‘ब्राउन सुगर’ (खैरो हिरोइन)सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर जटाशंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र मातहत प्रहरी चौकी पोर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सो मार्गमा सवारी चेकजाँच गर्दा प्रदेश २–०२–००२ प २०८७ नम्बरको मोटरसाइकललाई रोकेर तलासी लिँदा लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादवले चेकजाँचको क्रममा अचानक मोटरसाइकलबाट हाम फालेर झाडी तर्फ भाग्ने प्रयास गरेका थिए। उनले करिब १५० फिट टाढाको झाडीमा कालो प्लास्टिकको पोका फालेको देखिएपछि प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो।

झाडीमा फालिएको पोका संकलन गरी जाँच गर्दा करिब (३७.९ ग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

निराजनसँगै मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–९ का ३१ वर्षीय रोहन कुमार सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानपछि धनुषा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close