नारायणी अस्पताल बिकास समिति कर्मचारी युनियनद्वारा मेसुलाई ज्ञापनपत्र ।

बिरगंज , असोज १२ गते सोमबार ।

नारायणी उपक्षेत्रीय अस्पताल बिकास समिति कर्मचारी युनियन ईकाई कमिटी बिरगंज पर्साले चार बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

युनियनका अध्यक्ष सन्तोष साह र सचिव अच्छेलाल यादवको हस्ताक्षर रहेको सो ज्ञापनपत्र सोमबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बुझाएको हो।

अस्पतालका सबै सेवाहरु अभिलम्ब सुचारु गर्नु पर्ने , कर्मचारीहरुको नियमाअनुसार हुने स्तर वृद्धि गर्नु पर्ने , अस्पतालका सम्पुर्ण कर्मचारीहरुको जोखिम बिमा गर्नु पर्ने र कोरोना भत्ता नियमानुसार बितरण गर्नु पर्ने चार माग सहित ज्ञापनपत्र बुझाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close