प्रहरीको पहरा कमजोर कि मिलेमतो? पर्सा सिमानामा तस्करीले उँचो प्रश्न उठायो

पर्सा–भारत सिमानामा तस्करी ‘व्यवस्थित मोडेल’ मा, सुरक्षाकर्मी संलग्नताको आरोप तीव्र

पर्सा–भारत सिमानामा तस्करी नयाँ विषय होइन। तर पछिल्लो समय यसको स्वरूप झनै संगठित र व्यवस्थापित मोडेलमा उक्लिएको स्थानीयवासीको आरोप तीव्र बनेको छ। उनीहरूको भनाइमा, सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको मिलेमतोबिना यस्तो स्तरको तस्करी सम्भवै हुँदैन।

सबैठवा, धोरे र भिस्वा ‘निषेधित’ मानिएका मार्ग फेरि सक्रिय केही महिना शान्त देखिएको तस्करी गतिविधि हाल सबैठवा, धोरे र भिस्वा नाकामा पुनः खुलेआम सञ्चालनमा आएको स्थानीय स्रोत बताउँछ।
स्थानीयको कडा टिप्पणी“अब तस्करी रोकिएको होइन, मार्गमै स्वागत गरिएको जस्तो देखिन्छ।”

२४ घण्टे ड्युटी मात्र कागजमा ?
जिल्लाभरका बीओपीहरूमा २४ घण्टे सुरक्षा व्यवस्था रहेको भनिए पनि स्थानीयका अनुसार ठूलो मात्रामा तस्करी रातमै ‘रातो पास’ लिएर निस्कने गरेको छ।
उनीहरूले सशस्त्र प्रहरीभित्रैबाट ‘उच्च तहको हाइकमाण्ड’ आएझैँ तस्करीलाई खुला छाडिएको दाबी गर्दै आएका छन्।

बञ्जारी–भिस्वा क्षेत्रमा नयाँ नेतृत्व आएपछिदेखि तस्करी “निरवाध प्रवाह” मा चलिरहेको आरोप झनै बलियो बन्दै गएको छ।

भिस्वामा फेरि ‘लाइन’ खुलेको आरोप
भर्खरै भिस्वाबाट ठूलो मात्रामा चाइनिज लसुन जफत भएपछि केही दिन गतिविधि थामिएको थियो।
तर स्थानीय तस्करहरूकै भनाइमा “इन्चार्ज बदलिनासाथ लाइन फेरि खुलेको छ, अब त पहिलेभन्दा अझ सजिलो।”

भारततर्फबाट लत्ता–कपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, मिठाइ, किराना र नेपालतर्फबाट कस्मेटिक, गोल्डस्टार जुत्ता, चाइनिज फुजी स्याउ लगायतका सामग्री
पोखरीया, विश्रामपुर, महुवन, डकैला, बहुअवरी हुँदै जितपुर बजारसम्म अवैध रूपमा ढुवानी हुने गरेको बताइन्छ।

‘मासिक बुझी’ को गम्भीर आरोप
एक व्यापारी (नाम गोप्य) ले आरोप लगाउँदै भने
“सशस्त्र प्रहरी १३ नम्बर गण प्रमुखले मासिक बुझी लिएर लाइन चलाइदिन्छन्।”
स्थानीयका अनुसार तस्करीबारे सूचना दिन खोज्दा उल्टै मुद्दा दर्ता गर्ने धम्कीसमेत पाइएको छ।

उच्च अधिकारी भन्छन् “सबै नियन्त्रणमा”, स्थानीय भन्छन् “जमिनमा त उल्टो”
मधेस प्रदेशका डीआईजी कृष्ण ढकालले
“तस्करी नियन्त्रणमा छ” भन्ने दाबी गर्छन्।
तर स्थानीयको अनुभूति र नाकामा देखिने गतिविधि भने उक्त दाबीको पूर्ण प्रतिरोधमा उभिएको छ।
यति खुलेआम तस्करी भइरहँदा उच्च तहको मौनता स्वयं शंका बढाउने विषय बनेको छ।

१३ नम्बर गण प्रमुखको प्रतिक्रिया गण प्रमुखले भने
“सूचना धेरै आएको छ। म तीन दिनदेखि राति टोली लिएर निस्किएको छु। भेटिएकालाई कडा कारबाही हुन्छ।”

तर स्थानीयका आरोप, व्यापारीहरूको गुनासो र सुरक्षातर्फबाट आएका आश्वासनबीचको गम्भीर अन्तर अब झनै स्पष्ट हुँदै गएको छ।

स्थानीय नागरिक समाज, व्यापारी तथा सुरक्षा स्रोत सबैबाट एउटै माग उठिरहेको छ।
“पर्सा सिमानामा भइरहेको तस्करी र सुरक्षाकर्मीको सम्भावित संलग्नताबारे अब तुरुन्तै स्वतन्त्र छानबिन हुनुपर्छ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close