
बिरगंज – रोटा वर्ष २०२०/२१ का लागि रोट्रयाक्ट क्लब अफ यूनाइटेड वीरगंजको नयाँ कार्यसमिति चयन भएको छ ।
गत शनिबार बसेको क्लबको बैठकले आरटिआर संदीप राज ओझाको अध्यक्षतामा रोटा वर्ष २०२०/२१ का लागि १६ सदस्यीय नयाँ कार्यसमिति बिस्तार गरेको छ ।
आरटिआर संदीप राज ओझाको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीको उपाध्यक्षमा आरटिरआर पंकज जोशी , सचिवमा आरटिआर दिपक शाह, सहसचिवमा आरटिआर रोशनी भट्टराई ,कोषाध्यक्ष आरटिआर अमित सर्राफ,सह कोषाध्यक्ष रोहित मानन्धर लगायतका रहेका छन् ।
समाज कल्याणका लागि स्वतस्फूर्त रुपमा कार्य गर्दै आएको रोट्रयाक्ट क्लब अफ यूनाइटेड वीरगंजले आगामी दिनमा थप क्रियाशिल कार्यक्रमहरु गर्ने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस



