डियुटीमा रहेको प्रहरीले समातेको छोकडा चौकी इन्चार्ज सिंह ले तस्कर को जिम्मा लगायो

 

रौतहट,धमेन्द्र यादव

रौतहट जिल्ला को गौर भन्सार चौकी नेपाल प्रहरीका असई धर्मेन्द्र कुमार सिंहले आफ्नो को बल मा तस्करी गराउदै छन् भने सुचना प्राप्त भएको छ।

शनिबार राति नेपाल बाट भारत लैजादै गरेको अवस्थामा ४ बोरा छोकडा डियुटीमा खटेका भंसार सुरक्षा गार्ड प्रहरी जवानले छोकडा समातेर चौकीमा बुझिएको थियो।

छोकडा चौकीमा बुझाएर प्रहरी जवान आफ्नो डियुटीमा गईसकेपछि सोही चौकीका इन्चार्ज सिंह ले समातेको छोकडा आफ्नै चौकी का अर्को घुमुवा भन्ने प्रहरी जवान राम अयोध्या यादवको सहयोग मा तस्कर को घर सम्म पुर्याउन लगायका हुन ।

सो बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जनकारी भएपछि इन्चार्ज सिंह र चौकीको घुमुवा प्र.ज. रामअयोध्या यादव लाई जिल्ला तानिएको छ भने सशस्त्रका असई अनिल कुमार यादव लाई पनि तानिएको छ ।

इन्चार्ज सिंह ले आफ्नै चौकी का जवान लाई फसाउँन खोजेको स्रोत ले जनाएको छ।

सो क्षेत्रबाट तस्करी फस्टाएको एक व्यक्तिले नाम न खोल्ने सर्तमा बताएका छन्।

सस्त्र प्रहरी का असई अनिल कुमार यादव र भंसार सुरक्षा गार्ड का इन्चार्ज सिंह को मिलोमतोमा भारतबाट इलेक्ट्रोनिक पार्टस, गाडी का पार्टस,कपडालता , किराना समान र नेपाल बाट छोकडा,मरिच,केराउ जस्ता विभिन्न स्थानहरू तस्करी भइरहेको एक स्थानीयले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close