वडा अध्यक्ष साह को सक्रियतामा सिर्सिया नदीको जलकुम्भी हटाइयो.

वीरगंज / वीरगंज महानगरपालिका हुँदै बग्ने सिर्सिया खोला को क्षेत्र अतिक्रमणको चपेटामा छ / नदीमा हुने जलकुम्भी झारले वर्षामा पुलमा गएर अडकिने गर्छ र पनि बग्न दिदैन/ त्यसले गर्दा पानी बस्तीमा पस्ने गरेको छ/

वीरगञ्जको घडिअर्वा मसानघाट हुँदै रामगढवा जाने बाटोको सिर्सिया नदी पुलमा जलकुम्भी अड्किएर ताल बनेपछि पानी रामगढवातिर जाने अवस्था आयो

वडा न.१० का वडा अध्यक्ष नगिना साह कानुले सिर्सिया पुलमा जलकुभ्भीले ढाकेर पानी बस्तीतिर जाने स्थिति भएपछि सरोकारवाला निकायलाई गुहारेको जानकारी दिए । ‘जलकुम्भी नहटाए पानी पर्ने बित्तिकै बस्ती डुबानमा पर्ने जोखिम देखियो । दुई दिनदेखि महानगरपालिकामा ताकेता गरिरहेका थियौं,’ उनले भने, ‘महानगरपालिकाले दुई वटा जेसीबी पठायो, विपद् व्यवस्थापन गुल्मका प्रहरीले लाइफ ज्याकेट लगाएर खोलामा पसेर जलकुम्भी किनारमा ल्याउन मद्धत गरेका थिए ।सबै मिलेर बिहान खोलाबाट जलकुम्भी किनारमा ल्याइयो, त्यसपछि नगरपालिकाको जेसीबीले किनारबाट हटाउने काम गरेको छ।सरोकारवाला सबै पक्षको सहभागितामा झार हटायौं ।’

मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना २०७७ पारित

दुई दिनअघि मनसुन सुरु भएपछि आउन सक्ने विपद्का बारेमा जिल्ला विपद् व्यवस्थापन समितीको बैठकमा मनसुनले जिल्लामा पार्न सक्ने प्रभाव र गर्नुपर्ने पूर्व तयारीका बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना २०७७ परिमार्जन सहित पारित गरेको छ । त्यस्तै बैठकले विपदमा खट्न विभिन्न निकायलाई जिम्मेवारी तोकेको, १४ वटै पालिकालाई तयारी अवस्थामा रहन आग्रह गरेको, बाढीको जोखिम क्षेत्र पहिचान गरेको, राहत सामग्री तयारी अवस्थामा राख्न पनि निर्णय गरेको छ ।

समितिको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले गत जेठ २९ गते कार्ययोजना तयार गरेर गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंमा पठाएकाे बताए ।

पर्सा जिल्लामा बाढी मुख्य प्रकोपको रुपमा रहँदै आएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र १० वटा गाउँपालिकाका धेरै स्थान संकटापन्न अवस्थामा छन् । २४ हजार ३ सय ६८ घरधुरीमा बसोबास गर्ने १ लाख ४८ हजार ६ सय ८६ जना बाढीबाट प्रभावित हुने गरेको प्रतिकार्य योजनामा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close