
वीरगंज, ३० असार- समुदाय – प्रहरी साझेदारी तथा व्यवस्थित बिरगंज अभियान अन्तर्गत मंगलवार औसधि पसल , किल्निक र अस्पतालबाट निस्किने फोहोर जथाभावी सडकमा फाल्ने वीरगंजको विर्ता आसपासका मेडिकल र क्लिनिक सञ्चालकहरुलाई कारबाही स्वरुप मंगलवार उनीहरुलाई नै फोहोर सफा गर्न लगाइएको छ ।

अलखिया मठ मन्दिर देखि बिर्ता मन्दिर सम्म रहेका मेडिकल तथा अस्पतालमा प्रयोग भएका मेडिकल जन्य फोहोर त्यस क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरुले जथाभावि सडकमै फाल्दै आएका थिए भने आसपासमा बसोबाँस गर्दै आएका बासिन्दालाई दुर्गन्धित फिलाउने काम मेडिकल तथा क्लिनिक अस्पतालले गर्दै आएको थियो।
यस अभियानले अबदेखि सडकमा जथाभावी फोहोर फालेको भेटिएमा कानुन बमोजिमको कारबाही गर्ने समेत जनाएको छ । वीरगञ्जको अलखिया मठदेखी बिर्तासम्मको क्षेत्रमा मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य विग्रनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलिने सम्भावना रहेको थियो ।

आज कारवाही बमोजिमको पहिलो पटकलाई आफै सफाई गर्न लगाइएको र अबदेखि पनि जथाभावी फोहोर फालेको भेटिए थप कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताउनुभयो ।
त्यस क्षेत्रमा भिजन डाइग्नोस्टिक, श्री गणेश डाईग्नोस्टिक, प्रवेश क्लिनीक, डा.आनन्द कुमार झाको क्लीनिक, शान्ति पोलि क्लीनिक, डा. मनोज रुंगटाको मेडिस्क्यान लगायतका क्लीनिकहरुले जथाभावी सडकमा नै मेडिकल जन्य फोहोर फाल्दै आएका थिए ।
बिरगंज महानगर पालिका वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाको प्रमुख आतिथ्य सम्पन्न भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, जिल्ला ट्राफिक प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, लायन अनुप अग्रवाल,मिशन नेपालका बिराज यादव , बिर्ता युथ क्लबका संयोजक बिजय सरार्फ, भगवति युवा क्लबका अध्यक्ष सन्जय श्रेष्ठ , बिरगंज युवा समाजका सचिव हेमन्त तामाङ , सामुदायिक सेवा केन्द्र बिर्ताका पदाधिकारीहरु , क्लबका पदाधिकारीहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।




