परम्परा र धर्म अनुसार अंतिम संस्कार/दहा संस्कार गर्न माग ।

नेपाल विद्यार्थी संघ पर्सा जिल्ला ले कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अंतिम संस्कार/दहा संस्कार गर्ने वातावरण बनाइ दिन माग गरेको छ।आज ने.बि.संघ जिल्ला कार्य समिती,पर्साको कार्यवाहक अध्यक्ष बिकेश पटेलको नेतृत्वमा गएको युवाहरु को समूहले जिल्ला प्रशासन कार्यलय,पर्सा को प्रमुख प्रशासकिय अधिकृत मार्फत प्र.जि.अ लाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य सुधिर पटेल ,जिल्ला सचिव प्रभात सिंह , जिल्ला सदस्य बिट्टु अन्सारी लगायतको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close