दलित हत्या को विरुद्धमा वीरगञ्जमा कोणसभा

प्रदेश नं २ मा भएको शृंखलाबद्ध दलित हत्या को विरुद्धमा संचालित विभिन्न आन्दोलनमा एकबद्धता जाहेर गर्दै वीरगञ्जमा कोणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोग का पूर्व सदस्य एवम दलित अगुवा गाया हजारा पासवानको अगुवाइमा रातो बङ्गला अगाडि आयोजित कोण सभामा वक्ताहरुले सदियौ देखि अपहेलित दलितहरूलाई लोकतान्त्रिक व्यवस्थामा पनि थप अपहेलित गर्ने देखि हत्या गर्ने समेतको कार्य स्वयम राज्य बाट हुनु निन्दनीय भएको ले यसका विरुद्ध अब दलितहरु चुपि साँधेर न बस्ने , थप संघर्ष अगाडि बढाउने मा जोड दिएका थिए ।

कोण सभामा नेपाल पासवान संघ पर्साका सहसचिव शम्भु पासवान , दलित अगुवाहरु रजिन्द्र पासवान , धनन्जय पासवान , विजय पासवान , राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान , नन्दलाल राम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close