महिनावारी स्वस्थ तथा सुत्केरी स्याहार मूलक जनचेतना कार्यक्रम सम्पन्न

बारा – बाराकाे प्रसौनी गाँउपालिले महिनावारी स्वस्थ तथा सुत्केरी स्याहार मूलक जनचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । प्रसाैनी वडा नं ४ मा सम्पन्न कार्यक्रममा सयाैकाे सहभागीता रहेकेा थियाे ।

कार्यक्रममा प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले महिलाकाे हक अधिकारकाे लागि गाउँपालीका सधै साथमा रहने बताए । महिलालाइ शिक्षा र स्वास्थ्य लगायतका बिषयमा जानकारी दिएर जागरूप बनाउने कार्यमा संलग्न सबै क्षाेत्रका व्याक्तित्वकाे प्रशंसा गर्दै पछिल्लाे समय महिलाहरू स्वयम संगठित हुन थालेकेा र त्यसमा महिला अगुवा र जनप्रतिनीधिकाे समेत महत्वपूर्ण भूमिका रहेकेा बताए ।

महिलाले स्वयमकाे स्वास्थयका बारेमा जानकार भइ अरूलाइ समेत सचेतना फैलाउने पर्नेमा पनि जाेड दिदै याे जनचेतनामुलक कार्यक्रमकाे अायाेजना गरेकेा पनि बताए ।पाठेघरकाे समस्या, क्यान्सर, माइगेन लगायतका बिभिन्न राेगहरू महिलालाइ बढी हुने गरेकेा देखिएकाे भन्दै उनले  हरेक महिलाले आफ्नाे र परिवारकाे बारेमा जानकार हुन जरूरी रहेकेा मा जाेड दिए । महिला ससक्तिकरण महत्वपूर्ण रहेकेा पनि उनले बताए ।

साथै कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर  ४ का अध्यक्ष आनन्द कुमार गुप्ताले स्थानीय जनताकाे शिक्षा, स्वास्थय तथा सामाजीक उत्तरदायीत्व लगायत विकासनिर्माणका काममा गाउँपालीकासँग सहकार्य गरेर अघि बढाउने जानकारी दिदै नागरिककाे साथमा सधै रहने प्रतिबद्वता जनाए ।

कार्यक्रममा प्रसौनी गाँउपालिका उपाध्यक्ष गीता साह, लाल परि देवी, अजय कुमार गुप्ता, पिंकी पासवान, संगिता देवी, आश कुमारी यादव र त्रिपुरारि राउत लगायतका अगुवाहरूकाे उपस्थिति रहेको थियो। कार्यक्रमको उद्धाटन प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले गरेको थिए। कार्यक्रमको सहजीकरण प्रसौनी गाँउपालिका स्वास संमयोजक सुरेश साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close