मधेश सरकारको कारणले वीरगंज यातायात व्यवसथाको काम प्रभावित

मधेश प्रदेश सरकारको बदमासीको कारण यातायात व्यवस्था कार्यालय वीरगंजको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालमा अवरोध उत्पन भएको छ।बिरगंज यातायात कार्यलय ले यहि भदौ १३ र १४ परिक्षा लिने गरी तयारी गरिएको लिखित र प्रयोगात्मक परीक्षा मधेस सरकारको बदमासीको कारण एका एक रोकिएको छ ।

वीरगन्ज यातायात कार्यलयमा सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्सको परिक्षा अनिश्चित बने संगै लाइसेन्स बनाउने हजारौं सेवाग्राही अहिले तनाबमा रहेका छन । अहिले केही व्यक्तिको स्वार्थका कारण आम सेवाग्राही मर्कामा परेको  यातायातमा काम गर्दै आएका एक कर्मचारीले बताउँछन्।

त्यस्तै विदेश जान लागेका राम महतो सेवाग्राहीले १० दिन पछि आफ्नो प्लाइट रहेको तथा लाइसेन्स परिक्षा स्थगित भएपछी आफू तनाबमा परेको बताए । त्यस्तै विदेश जान आफ्नुन्ले रु.५ लाख लगाइ सकेकोले आफ्नो पैसा डुब्ने भएपछी निराश भएको बताए ।

राम महतो सेवाग्राही

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित भएपछि सेवाग्राही सेवाबाट बन्चित भएका छन।सेवाबाट बन्चित भएका कारण कार्यालयमा दिनहु दुख,पिडा,गुनासो गर्दै आइरहेका छन एक कर्मचारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close